बुटवल: बुटवलका थप दुई कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका- ११ देवीनगरका ४७ वर्षीय पुरुष र वडा नम्बर १७ मोतिपुरका ८१ वर्षीय वृद्धको वुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

असोज २४ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ४७ वर्षीय पुरुषको बुधबार बिहान १:१० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

उनमा उच्च रक्तचापको समस्या रहेको डा. गौतमले बताए . उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । यस्तै असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका ८१ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.गौतमले जानकारी दिए ।

२०७७ कार्तिक ५, बुधबार ०८:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय