• गोपाल बराल

महोत्तरी : बडादशैं पर्वमा जताततै मेला र उत्सवसँगै मिथिलाक्षेत्रमा देखिने भीडभाडले कोभिड–१९ सङ्क्रमणको जोखिम बढाएको छ । प्रदेश नम्बर २ का सबैजसो जिल्लामा दशैं मेलामा देखिने भीडभाडले सङ्क्रमण जोखिम बढाएको विज्ञले बताएका हुन् ।

कोभिड–१९ सङ्क्रमण बढिरहेकै बेला परेको दशैं पर्वमा देवी शक्तिपीठमा मेला र उत्सव आयोजना नगर्न र पशुबलि रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयको आदेश भएपनि त्यसको पालना भएको छैन ।

प्रदेश २ स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजयकुमार झाले चिन्ता व्यक्त गर्दै भन्नुभयो, “सङ्घीय र प्रादेशिक सरकार, स्वास्थ्यसम्बद्ध सरकारी कार्यालय र निकाय एवं स्थानीय प्रशासनले विभिन्न माध्यमबाट भीडभाड नगर्न अपिल गरिरहेका छन्, तर परम्परा थेग्ने नाउँमा जताततै मेला उत्सव, नाचगान र सामूहिक पशुवलि निकै बढेको छ । यसले झन् सङ्क्रमणको खतरा बढाएको छ ।”

rk1-nepalvani-rk
भङ्गाहा नगरपालिकाको सीतापुर बजारमा आर्केष्ट्रा (सामूहिक नाचगान प्रदर्शन)

धनुषाको जनकपुरधामस्थित राजदेवी मन्दिरमा अष्टमीका दिन राति निकै भीड देखिन्थ्यो । सामुहिक पशुवलि कार्यक्रम नजिकबाट नियालिरहेका भङ्गाहा नगरपालिका–४ का सामाजिक कार्यकत्र्ता रामईश्वर ठाकुरले भन्नुभयो, “पछिल्ला केही महिनायता कोभिड–१९ नियन्त्रण र रोकथाम अभियानमा सामाजिक सङ्घसंस्था र स्थानीय तहको भूमिका नदेखिँदा यस्तो अवस्था आएको हो ।”
महोत्तरीका देवी शक्तिपीठ र मन्दिरमा पनि सामूहिक पशुबलि आयोजना भएको छ । भङ्गाहा नगरपालिकाको सीतापुर बजारमा त सङ्क्रमणमा परी दुई दिन पहिलेमात्र एक महिलाको ज्यान गएको देख्दादेख्दै आर्केष्ट्रा (सामूहिक नाचगान प्रदर्शन) आयोजन गरी रातभर मेला आयोजन गरिएको छ । स्थानीय प्रशासनले घटस्थापनाकै दिनदेखि जमघट नगर्न निषेधाज्ञा नै जारी गरेपनि प्रहरी कुनै नियन्त्रण गर्न नसकेको स्थानीय व्यापारी बताउँछन् ।

भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले गत चैतदेखि नै आपूmले आग्रह गर्दागर्दै जमघट नियन्त्रण हुन नसकेको स्वीका गर्दै भन्नुभयो, “पटक पटक अनुरोध गरिएकै हो । डण्डा वर्षाउने हाम्रो काम होइन । अनुरोध र आग्रहको सुनवाइ हुँदैन ।”

बर्दिवास नगरपालिका–९ का निलकमल बुर्जा चोकचोकमा डिजेबाजामा बज्ने कर्कश स्वरका डिस्को गीतको आवाजले चैनले दशैँ मनाउन नपाइएको दुःखेसो गर्नुुहुन्छ ।
हालसम्म प्रदेशका १६५ जनाले कोविड–१९ सङ्क्रमणले ज्यान गुमाईसकेका छन् । प्रदेशमा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या १५ हजार ३३६ (आइतबार बिहानसम्म) पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म १३ हजार २७३ निको भएर आआफ्ना काममा फर्केका निमित्त निर्देशक झाले जानकारी दिनुभयो ।

https://www.facebook.com/nepalvani2/videos/668791224030142

२०७७ कार्तिक ९, आईतवार १९:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय