
काठमाडौँ: गुजराती फिल्मका सुपरस्टार नरेश कनोडियाको कोरोना भाइरसका कारण निधन भएको छ ।
चार दिन यता अस्पतालमा भर्ना भएका उनको अहमदाबादको यूएन मेहता इन्स्टीट्यूटमा उपचारका क्रममा निधन भएको हो ।
उनको ७७ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनको निधनले गुजराती फिल्म इण्डस्ट्री शोकमग्न भएको छ ।