
मुम्बई : बलीउडमा इच्छाधारी नागिनको कन्सेप्ट काफी पुरानो हो । ८० को दशकमा श्रीदेवीले नागिन बनेर चर्चित बनेकी थिइन् ।
अहिले निकै बर्ष पछि उहि ट्रेण्ड फर्केको छ । अभिनेत्री श्रद्धा कपूर ठुलो पर्दामा पहिलो पटक नागिनको भूमिकामा अभिनय गर्दैछिन् ।
फिल्मको नाम नागिन राखिएको छ । निर्देशन विशाल फुरियाले गर्नेछन् । फिल्म क्रिटिक तरण आदर्शले सोशल मीडियामा लेखेका छन्, ‘यो पक्का भईसकेको छ कि, श्रद्धा कपूर एक इच्छाधारी नागिन बन्नेवाली छन् ।
फिल्मको नाम नागिन राखिएको छ र यो फिल्म तीन भागको सीरीजको रुपमा रिलीज गरिनेछ । फिल्मको निर्देशन विशाल फुरियाले गरेका छन् र निर्माता निखिल द्विवेदी हुन् । यस अघि रीना राय र श्रीदेवी इच्छाधारी नागिन बनिसकेका छन् ।’