
काठमाण्डौ : बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन ४७ वर्षकी भएकी छन् । १ नोभेम्बर १९७३ मा मैंगलूरमा जन्मिएकी उनी १९९७ देखि फिल्म अभिनयमा सक्रिय छिन् । कयैन् यादगार फिल्ममा जीवन्त अभिनय गरेकी उनले अभिनेता शाहरुख खानसँग ‘जोश’, ‘देवदास’, ‘मोहब्बतें’ जस्ता फिल्ममा काम गरेकी थिइन् । तर, एक समय शाहरुखले ऐश्वर्यालाई करीब पाँचवटा फिल्मबाट निकालेका थिए ।
यो कुराको खुलासा ऐश्वर्याले सिमी गरेवालको शोमा गरेकी हुन् । कुराकानीको क्रममा उनलाई सोधिएको थियो कि के कारणले शाहरुख खानले पाँचवटा फिल्मबाट निकालेका थिए ? जवाफमा उनले भनिन्, ‘म यसको जवाफ कसरी दिन सक्छु ? सत्य हो, त्यो समयमा केही फिल्ममा कुरा भइरहेको थियो, जसमा हामी सँगै काम गर्दै थियौं । फेरि अचानक हुन सकेन, विना स्पष्टिकरण ।’
ती फिल्मबाट आफू निकालिनुको कारण आजसम्म थाहा नभएको उनको भनाई छ । यस विषयमा ऐश्वर्याले भनेकी थिइन्, ‘मसँग यसको जवाफ छैन । तर, ती फिल्ममा काम नगर्ने फैसला मेरो थिएन ।’ अभिनेता शाहरुख खानले सन् २००३ मा एक अन्तर्वार्तामा केही फिल्मबाट ऐश्वर्यालाई हटाएको स्वीकार गर्दै भनेका थिए, ‘मैले त्यसबेला गलत गरेको थिएँ । ऐश्वर्यासँग माफी माग्न चाहन्छु ।’