विग्यात पोखरेल

सिन्धुपाल्चोकका सुधा शेरचनले विद्यालय प्रिन्सिपलको सल्लाह मानेर कृषि विज्ञान विषय पढेर अहिले उनी रोजगारी र आत्मनिर्भर छिन् । उनी भन्छिन्, “गाउंमा दिदीहरू व्यावसायिक शिक्षा पढ्न जानुभएको थियो, उहांहरूलेकुषि राम्रो हुन्छ भन्नु भयो । प्रिन्सिपलसरलेपनि व्यावसायिक शिक्षा नै पढ्न सल्लाह दिनु भयो ।”सुधा हालआफ्नो वुवाका साथसुन्तलाको व्यवसायिक उत्पादन गर्दै आएकाछिन्।
प्रतिमा मगरले १२ कक्षासम्मको पढाई सम्पन्न हुने बेला सम्म भविष्यको लागि के गर्ने भनेर केही सोचेका थिएनन् । पछि कृषि क्षेत्रमा भविष्यको लागि बढि अवसरहरू पनि देखे र कृषि क्षेत्र प्रति उनको रूचि पनि बढ्दै गयो अनि व्यावसायिक शिक्षा पढ्ने निणर्य गरे । हालसुन्तला व्यावसायकोसिजनमाउनको करिब ३० हजारकमाइ भएको उनी भन्छिन्।

प्राविधिक तथा व्यावसायिक शिक्षाले गरिबी र बेरोजगारी कम गराई आर्थिक विकासको राष्ट्रिय लक्ष्य हासिल गर्न टेवा पुर्‍याउने तथ्य निर्विवाद छ । नेपाल सरकारको दीर्घकालीन सोच ”समृद्ध नेपाल, सुखी नेपाली“ लाई मूर्तरुप दिन सहयोग सिद्ध हुने गरी परिषद्ले गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिममा सबै नागरिकहरूको समतामुलक र समावेशी पहुँच बृद्धि गरी श्रम बजारको माग अनुसार सक्षम एवं प्रतिस्पर्धी दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको छ । प्राविधिक शिक्षा लिई उत्र्तिण जनशक्तिलाई राष्ट्रिय उत्पादन तथा उत्पादकत्वमा बृद्धि र उत्कृष्ट सेवामा संलग्न गराई देशको आर्थिक एवं सामाजिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले वार्षिक तथा दीर्घकालीन योजना तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्दै आएको छ ।

“प्राविधिक तथा व्यावसायिक शिक्षा, सीपतथा रोजगारको ढोकाहो । युवाहरुलाई सीप प्रदान गर्न प्राविधिक तथा व्यावसायिक शिक्षा अत्यन्तैआवश्यक छ। सबै सम्बन्धित सरोकारवालाहरु व्यवसाय, विद्यालय, स्थानिय निकाय तथा मिडिर्याविच दिगोसमन्वय हुनु पर्छ।”श्री राम बहादुर भण्डारी, स्थानियसुन्तला व्यवसायि बताउँछन् ।

“अभिभावकले पनि आफ्ना छोराछोरीको इच्छाअनुसार कुन विषय पढाउँदा उपयुक्त हुन्छ त्यहीअनुसार निणर्य गर्नुपर्छ। हामीकहाँ अझै पनि विद्यार्थीको इच्छा एकातिर र अभिभावकको इच्छा अर्कै हुने अवस्था छ। अब दबाबमा होइन, आफ्नो क्षमता र इच्छाअनुसार विद्यार्थीले आफ्नो अध्ययनलाई अघि बढाउनुपर्छ। अहिलेको सन्दर्भमा प्राविधिक शिक्षालाई श्रमसँग गाँसेर हेर्नु अत्यावश्यक भइसकेको छ।”सुधाकावुवा भन्छन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले ३ वर्षे डिप्लोमा तथा प्रविणता प्रमाणपत्र तह र १८ महिने प्राविधिक एस.एल.सी. गरी दुई किसिमका लामो अवधिका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । प्राविधिक एसएलसी तहमा २८, डिप्लोमा तहमा ४८ कार्यक्रम तथा १९९ विषयमा छोटो अवधिका कार्यक्रमहरु संचालित छन् । साथैपरिषदको छात्रावृत्ति कार्यक्रम अन्तरगत प्रत्येक वर्ष ८०४६ जना विद्यार्थी लाभान्वित हुने गरेका छन् ।

विग्यात पोखरेल, [email protected]

२०७७ कार्तिक २३, आईतवार १३:३६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय