काठमाडौं : नायिका वर्षा शिवाकोटी कोरोना भाइरसको महामारीका बीच दशैंको टीकापछि अमेरिका उडिन् । उनी अमेरिकामा रमाइरहेका तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

अमेरिकामा हुँदा उनले ब्याइफ्रेण्ड सविनजंग थापासँग भेटेका तस्वीरहरु पनि आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत शेयर गरेकी छिन् । त्यसो त वर्षाले यो सम्बन्धबारे अझैसम्म मुख खोलेकी छैनिन् ।

 

नेपालमा हुँदा वर्षाको नाम निर्देशक मिलन चाम्ससँग जोडिएको गसिपहरू चल्ने गर्थ्यो । पछिल्लो समय भने यी दुईको सम्बन्धमा तिक्तता आएको नजिकका फिल्मकर्मीहरु बताउँछन् ।

वर्षाले आफू कामले आएको र सोही क्रममा सविनसँग भेटेको बताएकी छिन् । उनले सामाजिक सञ्जालमा शेयर गरेका तस्वीरहरुले उनको प्रेम प्रसंगलाई फेरि एकपटक चर्चामा ल्याएको छ ।

२०७७ कार्तिक २४, सोमबार १४:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय