एजेन्सी: बेल्जियम युरोपियन नेशन्स लिग फुटबलको अर्को फाइनल्स चरण पुगेको छ । समूह चरण अन्तर्गत बुधबार राति भएको अन्तिम खेलमा डेनमार्कलाई ४–२ ले पराजित गर्दै समूहको शीर्ष स्थानमा रहँदै बेल्जियम अर्को चरण पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा बेल्जियमको जितमा रामेलु लुकाकुले दुई गोल गरे । यस्तै यूरी टिएल्मन्स र केविन डी ब्रुयनाले एक–एक गोल गरे । डेनमार्कका लागि जोनास विण्ड एक गोल गरे । बेल्जियमका नासर चाड्लीले आत्मघाती गोल गरेका थिए । तेस्रो मिनेटमा नै यूरीले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएको खेलमा १७ औँ मिनेटमा विण्डले डेनमार्कका लागि बराबरी गोल गरे ।

लुकाकुले ५७ र ६९औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई ३-१ मा पुर्‍याए । ८६औँ मिनेटमा चाड्लीले आत्मघाती गोल गरेर डेनमार्कको खातामा एक गोल थपे । डी ब्रूयनाले ८७औँ मिनेटमा गोल गरि बेल्जियमको ४–२ को जित निश्चित गरे ।

फाइनल्स चरणका खेलमा अब बेल्जियम फ्रान्स, इटाली र स्पेनबीच खेल हुनेछ । फाइनल्स चरणका खेल २०२१ को अक्टोबरमा हुनेछ ।

२०७७ मंसिर ४, बिहीबार ०७:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय