
हाल देशभरको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार आज दिनभर मौसम सफा रहने भए पनि भोलि राति र पर्सि दिउँसो गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरूकोमा सामान्यतया सफा रहने छ।
आगामी २४ घण्टा देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भू-भागमा बिहानीपख हुस्सु लाग्नेछ।
त्यसैले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाकाले अनुरोध गरेकाे छ ।