बर्दिबास,महोत्तरी
नेपालवाणी संवाददाता

आज ३३ औँ विश्व एड्स दिवस मनाइदैं छ । एचआइभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्दता तथा साझा जिम्मेवारी भन्ने नाराका साथ आज विश्वभर एड्स दिवस मनाउन लागिएको छ ।
अहिले नेपालमा २९ हजार ५ सय ३ जना एचआईभी संक्रमित रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथांकमा उल्लेख छ । त्यसमध्ये ६० प्रतिशत पुरुष र ४० प्रतिशत महिला एड्स रोगी रहेका छन् । बालबालिका र वयस्कको संख्या भने १९ हजार ४ सय १० रहेको छ ।

नेपालमा प्रतिवर्ष जोखिमयुक्त वर्ग ५ प्रतिशत तथा सामान्य जनसंख्यामा एचआईभी संक्रमणको दर ० दशमलव १३ प्रतिशत रहेको छ । भारत लगाएत तेश्रो मुलुकसंग सीमा जोडिएका तराईका जिल्ला र सुदूरपश्चिम प्रदेशमा एचआईभी संक्रमितको संख्या अन्य प्र देशको भन्दा बढि रहेको छ ।

नेपालले सन् २०३० सम्ममा एड्स रोग अन्त्य गर्ने लक्ष्य लिएको छ । एड्स रोगीलाई परिवार तथा साथीभाइकको माया र चिकित्सको प्रत्यक्ष निगरानी भएमा उनीहरु लामो समय सम्म बाँच्ने सक्ने केन्द्रले जनाएको छ ।

२०७७ मंसिर १६, मंगलवार ०८:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय