
बर्दिबास,महोत्तरी
नेपालवाणी संवाददाता
हाल उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । आज देशभरको मौसम सामान्यतया सफा रहेको मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज देखि तिन दिन सम्मको मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशैभरको मौसम सामान्यतया सफा रहेको छ । आज राती गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू(भागमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यसैगरी
देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु(भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आगामी २४ घण्टे चेतावनी सुचक जारी गरेको छ ।