आज देशका  केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको  माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै हाल भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्युन चापिय प्रणाली बनेकोले हल्का वर्षा हुन सक्ने जनाएको हो ।

महाशाखाका अनुसार  हाल देशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ  भने देशका अन्य भु भागकाे माैसम सामान्यतय सफा रहेको छ ।

यसैगरी, शनिबार दिउँसो देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा आंशिक बदली  हुनेछ  ।

भने, प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरुमा हल्का वर्षाको  समेत सम्भावना रहेकाे छ ।

यस्तै, शनिबार राति प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहि  देशका अन्य भु भागकाे माैसममा  आंशिक बदली रहनेछ ।

त्यसैगरी प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना  रहेकाे छ ।

यसैबिच देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भुभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन  महाशाखाले अनुराेध गरेकाे छ ।

२०७७ मंसिर २०, शनिबार ०७:३७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय