
मेष
मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा चल्नेछ ।
मिथुन
मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा० आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । महिला वर्गबाट विशेष सहयमेग मिल्नेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । शिक्षामा सफलता मिल्नेछ ।
सिंह
सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।
तुला
तुला ९रा, रि, रु, रे, रो, ता, ति, तु, ते० सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । दैनिक कार्यमा सफलता पाईनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।
धनु
धनु ९ये, यो, भा, भि, भु, धा, फा, ढा, भे० आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । शुभारम्भको चर्चा चल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ ।
कुम्भ
कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, दा० आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
बृष
वृष ९इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
कर्कट
कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० आज सभा समारोहमा सहभागि भई मिठो मसिने भोजन लिने अवसर आएपनि स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला ।
कन्या
कन्या ९टो, पा, पि, पु, ष, ण, ठ, पे, पो० मनमा निरासा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मनमा दुविधा उत्पन्न हुनेछ । विवादपनि बढ्नेछ ।
बृश्चिक
वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० दैनिक कार्यमा प्रगति हुनेछ । समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।
मकर
मकर ९भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि० घर व्यवहारमा झमेला रहला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खरावी रहला । आर्थिक कारोवारमा मन्दी आउनेछ ।
मीन
मीन ९दि, दु, थ, झ, ञ, दे, दो, चा, चि० दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । ( ज्यो।प। नारायणप्रसाद दुलाल
साभार हाम्राे पात्राे