
काठमाडौं : अभिनेत्री श्वेता खड्काले विवाह गरेकी छन् । उनले स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको ६ वर्षपछि दोस्रो विवाह गरेकी हुन् ।
उनले सोमवार धनगढीका विजयेन्द्र सिंह रावतसँग लगनगाँठो कसेकी हुन् । दुई वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् । काठमाडौंस्थित गोकर्ण फरेस्ट रिसोर्टमा उनीहरुको विवाह सम्पन्न भएको हो ।
उनको विवाहका केहि तस्वीरहरु सामाजिक संजालहरुमा पोस्ट गरिएका छन् । श्वेताले आफ्नो विवाहमा संचारमाध्यमहरुलाई भने निमन्त्रणा दिईनन् । नजिकका नातेदारहरु तथा साथीभाईहरुलाई मात्र उनले निम्त्याएको बुझिएको छ ।