सन्तोष यादव 

पाकिस्तानी शायर जोन एलियाको शेर पढौं ‘अलग होना हि है तो झगडा क्यौं करं -एक और नयाँ रिश्ता क्यौं पैदा करें । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले जोन एलियाको शेर लाई अनुसरण गरे। उनले छुट्टिने नै हो भने झगडा नगरौं र शत्रुको एक नयाँ नाता कायम नगरौं भन्दै स्थायी समितिको बैठकमा जान इन्कार गरे।

बैठकमा नगए पनि ओलीले आफ्ना भनाइ लेखेर पठाए । प्रधानमन्त्री बन्न निर्वाचन कुर्नु र अध्यक्ष हुन ४ महिनापछि हुने महाधिवेशन पर्खिनु भन्ने सन्देश पठाए । प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिले नेकपाभित्रको माहाभारत केही मत्थर भएको छ । अब फुट्ट फुट्छ भन्ने अनुमान लगाउनेहरू हिस्स परका छन् भने पार्टी फुट्दा मुटु दुख्नेहरू केही आश्वस्त भएका छन्।

केपी ओलीको पछिल्लो नरम अभिव्यक्ति र व्यवहारले प्रचण्ड, माधव नेपाल गुट पनि विनम्र हुन बाध्य भएको छ । पार्टी फुटाउने दुरगामी रणनीतिसहित अभियान थालेको भए त भन्न सकिन्न अन्यथा केपी ओलीसँग सुलह गर्नुको विकल्प छैन । ओलीको कठोरता स्टालिनभन्दा पनि कडा भएको टिप्पणीहरू आइरहेको बेला ओली आफू पनि पग्लिए र अरुलाई पनि पग्लिन बाध्य बनाए ।

अब प्रचण्ड माधव नेपालको जोडी आगामी महाधिवेशनमा आफ्नो बचस्र्व कायम गर्न स्वतन्त्र छन् तर पार्टीमा अहिलेको अहिले ओलीलाई लतारी छाड्छौं भन्ने जिद्दी गर्न नमिल्ने भएको छ । अब एक ठाउँ बस्ने हो भने सवै विनम्र हुन जरुरी छ । वनको डढेलो दन्किएको जस्तो भइरहे अन्त्यमा हात लाग्ने खरानी नै हो। खरानी घस्न त राजनीति गरेको पक्कै होइन ।

फुटले दिने नतिजा खरानी नै हो। यो कुरा ओली र प्रचण्डले नबुझेको होइन । त्यसैले शेयर बजारको ग्राफ उकालो लागे झैं शिखरमा पुगेको बिवादको पारो अब ओरालो लाग्दै छ । पूणर् ग्यारण्टी गर्ने बेला त भएको छैन तर फुट लगभग टरे झै संकेतहरू देखा पर्दैछ

२०७७ मंसिर २४, बुधबार ०६:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय