बिहीबार प्रदेश १ को पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने पूर्वानुमान मौसम महाशाखाले जनाएकाे छ।

दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेकाले बिहीबार प्रदेश १ को पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने छ ।

महाशाखाकाका अनुसार प्रदेश १ को एक दुई स्थानमा हल्का पानी परे पनि प्रदेश २ र बाग्मती प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । अरु ठाउँको मौसम भने खुल्दै बादल लाग्नेछ ।

यस्तै बिहीबार राति प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहनेछ ।

प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का बर्षा हुने सम्भावना रहेको छ । दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभावले अहिले पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको महाशाखाकाे पूर्वनुमान रहेकाे छ ।

बाँकी भू-भागहरुमा आंशिक बदली भएको छ । बिहीबारभन्दा शुक्रबार र शनिबार दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव अझ बढी देखिनेछ ।

शुक्रबार र शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । यस्तै सुदूर पश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७७ मंसिर २५, बिहीबार ०९:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय