दाङ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमवार दाङ सहित देशभर सरकार विरुद्धमा विरोध सभा कार्यक्रम गरेको छ । देशव्यापी कार्यक्रम अन्र्तगत नेपाली कांग्रेस दाङले घोराहीमा बिशाल विरोध सभा कार्यक्रम गरेको छ । हजारौँ कांग्रेस नेता, कार्यकर्ता र शुभेच्छुकको उपस्थितिमा पार्टी कार्यालयबाट सुरु भएको ¥यालीले विभिन्न नारा जुलुस लगाउदै घोराही बजार परिक्रममा गरी सभामा परिणत भएको थियो ।

बर्तमान सरकारले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा उदासिनता देखाएको, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गएको मंसिर १७ गते तनहुँमा भएको गिरफ्तारी लगाएतको विरुद्धमा देशव्यापी रुपमा कांग्रेसले विरोध प्रदर्शन कार्यक्रम गरेको कांग्रेस दाङका सचिब शंकर डागिले बताए । बिशाल सभालाई सम्वोधन गदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले बहुमतको कम्युनिष्ट सरकारले जनभावना अनुसार काम गर्न नसकेको आरोप लगाए । गरिव तथा विपन्न र सर्वहारा वर्गको कम्युनिष्ट पाटी भनेपनि अहिले भ्रष्टाचार प्रति लिप्त भएको उनको भनाई थियो ।

पूर्वमन्त्री समेत रहेका गिरीले आफूहरु राणाकाल देखि नै लोकतन्त्रको पक्षमा लामो संर्घष गदै आएको पार्टी भएपनि नेपाली जनताले कम्युनिष्टलाई भोट दिएर जिताएको बताउदै उनले अहिलेको सरकारले देश र जनताको लागि केहि गर्न नसकेको आरोप लगाएका छन् । साथै उनले यो देशको लोकतन्त्र रक्षा गर्ने पाटी नेपाली कांग्रेस भएको र आफूहरु सधै प्रतिगामीको विरुद्धमा उभिने बताएका छन् ।

कांग्रेसका नेता गिरीले ओली सरकार भीरमा पुगेर लड्नै लागेको दाबी गरेका छन् । पछिल्लो पटक नेकपाको बैठकमा पेश भएका प्रधानमन्त्री केपि ओलि र अर्का अध्यक्ष प्रचण्ड बिचको लिखित दस्ताबेजले सबै कुरा छर्लङ्ग पारेको भन्दै नेता गिरिले प्रचण्ड र ओलिले पेश गरेको लिखित प्रस्ताब पेशमा दुबैले आफुले आफैलाइ भ्रष्टाचारि घोषणा गरेको आरोप लगाए । विरोधसभामा नेता गिरीले वर्तमान ओली सरकार भीर पुगेर लड्नै लागेको बताएका हुन् ।

dang

अब यो सरकारलाई कसैले बचाउन नसक्ने उनले दाबी गरे । नेपाली कांग्रेसलाई चलाएर सरकार आफैं संकटमा फसेको छ, गिरील भने, इतिहासमा कांग्रेसलाई जिस्क्याउने कोही पनि बाँचेका छैनन्, ओली सरकार पनि बाँच्ने छैन । नेता गिरीले ओली सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै यो जनताको सरकार नै नभएको दाबी गरे । उनले तत्काल ससद चलाएर जनजिबिका सवालहरु कांग्रेसले उठाउनुपर्ने बताए ।

विरोधसभामा केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले कांग्रेसको आन्दोलनले ओली सरकारलाई बढार्ने चेतावनी दिइन् । त्यस्तै कांग्रेस केन्द्रिय सदस्य योगेन्द्र चौधरि, आमन्त्रित केन्द्रिय सदस्य कृष्णकिशोर घिमिरे, लुम्बिनि प्रदेश सभा सदस्य डिल्लि चौधरि, प्रदेश सभा सदस्य अर्जुन श्रेष्ठले लगायतकाले ओलि सरकारले स्थानीय प्रहरि प्रशासन लगाएर कांग्रेस नेता, कार्यकर्तालाइ दुख दिने गरेकोमा बिरोध गर्दै अब यस्तै प्रहरि प्रशासनबाट कदम जारी रहे शसक्त प्रतिबाद गर्ने चेतावानी दिए । सभाअघि कांग्रेस कार्यकर्ताहरुले सरकारविरुद्ध नाराबाजी गर्दै घोराहीमा विशाल जुलुस प्रदर्शन गरेका थिए ।

२०७७ मंसिर २९, सोमबार २०:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय