
जनकपुरधाम : सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको आज तेस्रो दिन धनुष यज्ञ मनाइँदैछ । त्रेता युगमा जनकपुरमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा विवाह पञ्चमी मनाइन्छ ।
सोमवार पहिलो दिन नगर दर्शन र दोस्रो दिन हिजो मंगलवार फुलवार लिला मनाइयो । आज रामको प्रतिकको रुपमा रहने बालकले धनुष तोड्ने छन् । यस्तै चौथो दिन पुस २ गते तीलकोत्सव, पाँचौ दिन पुस ३ गते मटकोर र छैठो दिन पुस ४ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ ।
