जनकपुरधाम : विवाह पञ्चमीको पाँचौ दिन शुक्रवार मटकोर विधि ऐतिहासिक गंगासागर पोखरीमा हुनेछ भने शनिबार विवाहपञ्चमीको मुख्यदिन जानकी मन्दिरमा वैवाहिक कार्यक्रम गरिनेछ ।

आइतवार रामकलेव पश्चात विवाहपञ्चमी सम्पन्न हुन्छ । तिलकोत्सव कार्यक्रममा प्रदेशसभा सदस्य परमेश्वर साह, नगरप्रमुख लालकिसोर साह, उपप्रमुख रिता मिश्र लगायतका अतिथिहरूको सहभागिता रहेको थियो।

यसवर्ष विवाहपञ्चमी भने विगतका वर्षको तुलनामा खल्लो भएको छ । कोरोना भाइरसको बहाना बनाएर प्रशासनले भीडभाड गर्न नदिने निणर्य गरपछि विवाहपञ्चमी खल्लो े भएको महन्थहरू बताउँछन्। सिमा नाका बन्द रहेका कारण भारतको अयोध्याबाट समेत यसवर्ष जन्ती नआउने बताइएको छ ।

२०७७ पुष ३, शुक्रबार ०८:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय