काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुरका लागि उडेको बुद्ध एयरको विमानले यात्रुलाई पोखरा पुर्‍याएको छ ।

बुद्ध एयरको ६०७ नम्बरको उडानबाट जनकपुर पुग्नुपर्ने यात्रु पोखरा पुगेका हुन्।
शुक्रबार जनकपुर जानुपर्ने तर विमान पोखरा पुगेपछि केहीबेर हैरानी समेत बेहोर्नुपरेको यात्रुले बताएका छन् ।

निर्धारित समयभन्दा ढिलो गरी उडेको बिमानले किन पोखरामा अवतरण गर्‍यो यस विषयमा विमान कम्पनीले केही बताएको छै ।

‘२ बजे उड्ने भनेको बिमान ३:१५ मा उडेको थियो । पोखरामा आधा घण्टा रोकिएपछि विमान पुनः जनकपुरका लागि उडेको थियो।

पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जनकपुर जान भनेर चढेका यात्रु पोखरा विमानस्थलमा अवतरण गरेपछि मात्र यसबारे आफूले पनि थाहा पाएको जानकारी दिए । file photo


२०७७ पुष ४, शनिबार ०९:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय