काठमाडौँ : गत वर्षको चैत दोस्रो सातादेखि बन्द रहेका सिनेमा हल आजदेखि सञ्चालन हुँदैछन् । हल सञ्चालकहरूले आन्दोलनका रूपमा आजदेखि सिनेमा खुला गर्ने भएका हुन् ।

चैत ११ गते लकडाउन घोषणा हुनुअगावै देशभरिका सिनेमा हल एक साथ बन्द गरिएका थिए । नेपाल चलचित्र संघले सरकारको आग्रह र हल सञ्चालकहरूले कोरोना महामारीप्रति उत्तरदायित्व बोध गरेर चैत ६ गतेदेखि नै हल बन्द गरेका थिए ।

तर सरकारकै तर्फबाट पनि ठूला सभा र विभिन्न दलका आन्दोलन भइरहँदा पनि संक्रमण देखाएर सिनेमा हल बन्द राखिएपछि संघले आजबाट हल सञ्चानल गर्न लागेका हुन् ।

हल सञ्चालन हुने भएपछि बिहीबार सरसफाइ गरिएको छ । आज दुई नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टिभाइरस’ देखाउने तयारी छ।

नेपाल चलचित्र संघका अनुसार देशभरमा दुई सय सिनेमा हल बन्द हुँदा यसमा आश्रित ३० हजार परिवारको गुजरामा संकट निम्तिएको थियो ।

२०७७ पुष १०, शुक्रबार ०७:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय