जनकपुरधाम : धनुषामा एक ६ वर्षिय बालकको हत्या भएको छ । गत बुधवार घर नजिकैबाट खेल्ने क्रममा हराएको बच्चाको बिहिबार राति शव गाडिएको अवस्थामा भेट्टिएको प्रहरीले जनाएको छ । धनुषाको बिदेह नगरपालिका २ दुहबीका जीवन रायको ६ वर्षिय छोरा नन्दन रायको गाडिएको अवस्थामा शव भेट्टिएको हो ।

गत बुधवार बिहान ९ बजे हराएका बालकलाई खोजबिन गर्दै प्रहरी उजूरी परेपछि खोजतलासको क्रममा बिहिबार राति १० बजे शव भेटिएको थियो । प्रहरी अनुसन्धाननको क्रममा सोही स्थानका स्थानीय ब्रह्मदेव रायको छोरी प्रमिला देबी रायको भैंसीगोठमा गाडिएको अवस्थामा शव फेला परेको मेयर बेचन दासले जानकारी दिए । उनले भने, ‘बच्चा हराएको जानकारी मलाई बुधवार नै प्राप्त भयो, हामीले प्रहरीसंगको सहकार्यमा खोजी सुरु गर्‍यौ, खोज्दै जादा नजिकैको आफन्तकै घरमा मारेर शवलाई भैसी गोठमा गाडेर परालले छोपेर भैसी बाँधेको अवस्थामा फेला पर्‍यो ।’

अनुसन्धानको क्रममा खेलिरहेको बच्चालाई खानेकुराको लोभ देखाई घाँटी थिचेर हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
ब्रहमदेवको छोरी प्रमिला देबीले घाँटी थिचेर हत्या गरेका तथा नङ्गको केही निशानहरु मृतक नन्दनको घाँटीमा देखा परेको श्रोतले जनाएको छ । हाल शवलाई परिक्षणका लागि जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृतकका बुवा जीवन राय बैदेशिक रोजगारीको क्रममा विदेश रहेका छन् भने पिडिक र पिडित आफन्त रहेको जनाईएको छ ।


२०७७ पुष १७, शुक्रबार १६:०९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय