पीर पर्दा रुन नपाईने,
खुशी हुँदा हास्न नपाईने,
साथी-भाईसँग जिस्किन नपाईने,
श्रीमती सँग अन्तरंग कुरा गर्न नपाईने !!

चोर-डाँका-फटहालाई गाली गर्न नपाईने,
भ्रष्टाचारी-बलात्कारी-दुराचारीको बिरोध गर्न नपाईने,
देशबेचुवा, देशद्रोही, जनतामाराको बिरुद्ध बोल्न नपाईने,
गुलाम, दलाल, छेपारेको बिरुद्ध लेख्न नपाईने !!

आफ्नो धर्म, संस्कृति, इतिहासको जगेर्ना गर्न नपाईने,
आफ्नो परम्परा, मौलिकता, राष्ट्रिय पहिचानको संरक्षण गर्न नपाईने,
आफ्नो ईच्छाले खान, बस्न, स्वास लिन र नित्य-कर्म गर्न नपाउने,
आफ्नै जन-प्रतिनिधि र सरकारले गरेको गलती कोट्याउन नपाउने !!

लोकतन्त्रको नाम लूट मच्चाउदा टुलुटुलु हेर्नुपर्ने,
GUN को भरमा शासन गर्दा गणतन्त्र मानी झेल्नुपर्ने,
संघीयताको नाममा आसेपासे-नातागोता पोषिदा अधिकार प्राप्ति भयो बुझ्नुपर्ने,
प्राप्त उपलब्धीको नाममा “नेपाल आमाको” चिर-हरण हुँदा चुपचाप बस्नुपर्ने !!

समृद्धिको नाममा “नेपाल आमाको” चिर-हरण हुँदा सहनैपर्ने,
एन-कानुन-संविधान धुजा-धुजा पारिदा रमाएर बस्नुपर्ने,
लम्पसारे-आत्मसमर्पणवादी नीतीलाई स्वाधीनता मान्नैपर्ने,
गुलामी र चाकडीको शाब्दिक अर्थ स्वाभिमान बुझ्नै पर्ने !!

कोरोना कै सहगोत्रीलाई धर्म-निरपेक्षता बुझ्नुपर्ने,
विकेन्द्रीकृत भ्रष्टाचारलाई संघीयता मान्नुपर्ने,
जोक-तन्त्र र लूट-तन्त्रलाई लोकतन्त्र मान्नुपर्ने,
गन्हाउने-तन्त्रलाई गणतन्त्र मानी बाँच्नु पर्ने !!

डा. मनोज मुक्ति बिबेक

(डा. मनोज कुमार झा)
राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय संयोजक
जनतान्त्रिक तराई मुक्ति मोर्चा
राष्ट्रिय जनतान्त्रिक गठबन्धन
#राष्ट्रबचाउअभियान

#राष्ट्रियनागरिकआन्दोलन२०७७


२०७७ पुष २०, सोमबार १२:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु