
गो कोरोना गो , पार्टीमा अब बिवाद भयो
डर छैन तिम्रो कसैलाई , पार्टी कुर्सि सब आफैलाई
डर ,त्रास सब बिर्सेर , आन्दोलित जाडोमा कठ्याँग्रियेर
खास खुस भित्र, के भयो, छैन मतलब
आन्दोलन चर्किदै , भरिभराउ सडक
जुक्ति सब अपनाई ,अडे, एक अर्कालाई गिज्याई
कोरोना त्रास गए कता , आन्दोलन भयो अचुक प्राथमिकता
अन्तरराष्ट्रिय जगत, खोप प्रयोग गर्दै व्यस्त
आफ्नो देश त् , आन्दोलनमै अस्त व्यस्त
गर्जेर एक अर्काको पर्दाफास
छैन अब कसैको विश्वास
सँगै बसेकाहरु यसरि टुक्रिए ,
आफन्तहरु विरोधमै परिणत भए
प्वाँख उचाल्दै अवसरबादी , पालो हाम्रै देखाएर
बुझ पचाउदै , पछि दौडे छन् जनता आशाबादी भएर
कम्मर कस्दै ,मन्त्र जप्दै कर्तव्य नयाँ पुस्ताको
अझै थाकेन गुनगान गर्न, परम्परागत सोचको
हेर हेर ए कोरोना, पार्टी र कुर्सिको महत्व
थुनिएका जनताहरु , ओर्लिए सडक
स्वस्थ्य नै धन भन्नेहरु ,कुर्सिकै भोक देखाए
रोजगारको सपना देखाई, आन्दोलन गर्न लगाए
याद आउँछ जनता , जब गर्नुछ आन्दोलन
दुख,पिडा ,आबस्यक्तामा खोजिएछ कुशल शासन
परनिर्भरता खोपमा ,आन्दोलन गर्दै ठिक्क
स्वनिर्भरता छैन ल्याउनु , पोशाक मै चिटिक्क |||
रचयिता – ज्योती कुमारी झा (समाजशास्त्री)