महोत्तरी : प्रक्रिया नपुर्याईकन गौशालामा नगर पत्रकार संजाल गठन गरिएको घटनाप्रति आपति जनाउँदै गौशालाका पत्रकारहरु नगरप्रमुखसमक्ष ज्ञापनपत्र बुझाएका छन । विहीबार गौशाला कार्यक्षेत्र रहने गरि कार्यरत रहेका ११ जना पत्रकारहरु नगरप्रमुख शिवनाथ महतोलाई ज्ञापनपत्र बुझाएका हुन ।

गत पुस २२ गते वुधबारका दिन आपसि सहमति बेगर प्रक्रिया नपुगाईकन नगर पत्रकार संजाल गठन गरेको भन्दै गौशालाका पत्रकारहरु आपति जनाउँदै ज्ञापनपत्र बुझाएका छन् ।

गौशाला नगरपालिकाको सभाहलमा विरोधको वावजुद द पव्लिक टुडेका अध्यक्ष रामनारायण महतोलाई संयोजक पद चयन गरिएकोप्रति पत्रकारहरुको घोर आपति रहेको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यसरी पुर्वाग्राही भई गठन भएको सो संजाल एकलौटी ढंगले गठन गरिएकोले सबैको सहमतिमा नगर पत्रकार संजाल गठनको लागि माग समेत गरिएको छ ।गठति समिति आफुहरुको सहमती विना नै नगर संजाल गठन गरि मलाई सल्लाहकार बनाइको न्युजहरु विभिन्न संचारमा आएको छ, यसरी बिना सहमतीमा बनाइएको समतिीमा आफू नरहेको कुरा रेडयिो रुपान्तरनका पत्रकार धनबिर महतोले जनाएको छ।

यसरी पुर्वाग्राही भई गठन भएको सो संजाल एकलौटी ढंगले गठन गरएिकोले सबैको सहमतिमा नगर पत्रकार संजाल गठनको लागि माग समेत गरएिको छ ।

ज्ञापनपत्र बुझाउनेमा रेडयिो रुपान्तरणका नागेन्द्र साह, धनवीर महतो, शरिषि अनलाईनका धर्वेन्द्र कुमार यादव, महोत्तरी टुडे अनलाईनका धर्मेन्द्र कुमार यादव, नरेन्द्र महतो लगायत रहेका थिए ।

२०७७ पुष २३, बिहीबार १७:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय