एजेन्सी : भ्यालेन्सिया स्पेनिस कोपा डेल रे फुटबलको तेस्रो चरणमा पुगेको छ ।

बिहीबार राति भएको खेलमा दोस्रो डिभिजन क्लब एक्लानोविरूद्ध ४-१ को सहज जित निकाल्दै भ्यालेन्सियाको तेस्रो चरणमा स्थान बनाएको हो ।

एक्लानोको मैदानमा काङ्ग इन लिको गोलबाट सातौँ मिनेटमा भ्यालेन्सियाले अग्रता बनाएको थियो । नवौं मिनेटमा उरोस रासिकले गोल गर्दै भ्यालेन्सिया २-० को अग्रता दिलाए ।

३४औँ मिनेटमा रुबेनले गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए । ४६औँ मिनेटमा अल्बर्टो ओकाले गोल गोल गर्दै घरेलु टोलीलाई ३-१ को स्थितिमा ल्याए ।

५३ औँ मिनेटमा थियरी कोर्रेयाले गोल गर्दै भ्यालेन्सियालाई ४-१ को सहज जित दिलाए ।

२०७७ पुष २४, शुक्रबार ०६:२३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय