
जनकपुरधाम : देशमा विध्यमान सबैखाले बेथिति र अराजकता एवं बाहिरी आक्रमण एवं अतिक्रमणबाट देशलाई जोगाउन एवं राष्ट्रिय स्वाधीनता, एकता, स्वतन्त्रता, पहिचान, गौरव, ईतिहास, धर्म, संस्कृति, परम्परालाई संरक्षण एवं प्रवर्द्धन गर्न “राज संस्था र धार्मिक स्वतन्त्रता सहितको धर्म सापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना, अधिकार सम्पन्न बैज्ञानिक संघीय संरचना र जनतान्त्रिक शासन प्रणाली” को बहालीका लागि हामीले “राष्ट्रिय नागरिक आन्दोलन-२०७७” को उद्घोष साथ निरन्तर संघर्षरत रहेको सर्वविदित नै छ ।
उक्त महान उद्देश एवं लक्ष्यमा हामीले व्यापक जनसमर्थन पनि प्राप्त गर्दै आएको र आम देश-भक्त चेतनशील एवं जिम्मेवार नागरिक अगुवा, राजनीतिकर्मी, समाजसेवी, पेशाकर्मी लगायत आम मुक्ति कामी जनसमुदाय गोलबन्द हुँदै “मुक्ति पथ” मा निरन्तर अगाडि बढी रहेको तथ्य यहाँहरु समक्ष छर्पष्ट नै छ, जसले हाम्रो हौसला, आत्म-बल, आत्मविश्वास लाई झनै उत्साहित गरिरहेको छ ।
यसै क्रममा आज धनुषा जिल्लाको जनकपुरमा भएको भेलाले कविता यादव ज्युको संयोजकत्वमा रिना साह, निभा साह, ममता दास, संध्या दास, संध्या पटेल, निरन कुमारी यादव, सनम बस्नेत, आरती यादव, रुवी कुमारी यादव, राखी पासवान, पुजा दास ज्यु लगायतका सदस्य रहने गरि २५ सदस्य “जनतान्त्रिक महिला संघ” जिल्ला तदर्थ समिती गठन गरेको भएको छ ! साथै वहाँहरु सबैलाई बधाई एवं सफल कार्यकालको समेत शुभकामना व्यक्त गर्दछौं ।