
तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकाले पृथ्वी जयन्तीका अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रिय एकीकरण दिवसका अवसरमा सोमबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बिदाको दिन नगरपालिका र वडा कार्यालय तथा सामुदायिक विद्यालय बन्द रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो ।
राष्ट्रलाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको योगदानको सम्मानस्वरुप बिदा दिने निर्णय भएको सुवेदीले बताउनुभयो ।