राजविराज : ‘राजविराज टुडे’का सञ्चारकर्मी धर्मपाल राउत २७ औँ ‘लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । लोकेन्द्र स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घले राजविराजस्थित महासङ्घको सभाहलमा आयोजना गरेको कर्यक्रममा अनुसन्धानात्मक समाचार तथा खोजमुलक समाचारमा कलम चलाएर योगदान पुर्याएको भन्दै सञ्चारकर्मी राउतलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

विगत १० वर्षदेखि सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका राउत राजविराजबाट प्रकाशित राजविराज टुडेका प्रमुख समाचारदाता हुनुहुन्छ । पुरस्कारको राशि रु पाँच हजार ५०० रहेको छ ।

त्यसैगरी ‘आजको वातावरण दैनिक’का सम्पादक वैद्यनाथ झाले स्थापना गरेको उमासिंह स्मृति पत्रकारिता पुरस्कारबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ का स्थानीय समाचारदाता भुवदेव मालीलाई पुस्कृत गरिएको छ । ‘मधेस न्युज’का समाचारताका रूपमा स्थानीय ग्रामीण भेगमा राम्रो र उल्लेखनीय काम गरेर समाचार लेखेको भन्दै मालीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि रु एक हजार १११ रहेको छ ।

नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित पुरस्कार वितरण समारोहमा वरिष्ठ पत्रकार शिवहरी भट्टराई, उद्योग वाणिज्य सङ्घका अध्यक्ष अरुण प्रधान, पत्रकार महासङ्घका उपाध्यक्ष श्यामसुन्दर यादव र निजामति कर्मचारीहरुको अधिकारिक टे«ड युनियका सप्तरी अध्यक्ष अजयकुमार झा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: अरुको सामाग्री चोर्न पाइदैन !!