सप्तरी : भैँसी चोरेर फरार भएका एक व्यक्तिलाई सप्तरी प्रहरीले झन्डै २४ वर्षपछि पक्राउ गरेको छ ।

सप्तरीको कन्चनरुप नगरपालिका-४ का ५० वर्षीय लक्ष्मण सरदार बातरलाई भैँसी चोरी गरेको आरोपमा पक्राउ गरिएको हो ।

स्थानीय भरत लाल बहरखेर यादवको भैँसी चोरेको आरोपमा बातरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।

डीएसपी साहकाअनुसार पक्राउ परेका बातरलाई एक महिना कैद र ३७ हजार रुपैयाँ जरिवानाको फैसला गरिएको थियो । उनी विगत २४ वर्षदेखि फरार रहेको अवस्थामा प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरेकाे हाे।

पक्राउ परेका बातरलाई जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धानकाे काम भइरहेको प्रहरीले जनाएको छ । file : Photo

२०७७ पुष २७, सोमबार १३:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय