उठौं जागौं सडक तताऊँ,
अराजक राज्य-सत्ताको विरुद्ध,
निरंकुश फासिस्ट ब्यवस्थाको विरुद्ध,
सम्पूर्ण नागरिक एकजुट होऔं !!

नागरिक माथिको हमलाका विरुद्ध,
राष्ट्र निर्माता माथिको अपमानका विरुद्ध,
क्रूर तानाशाही शासन ब्यवस्थाका विरुद्ध,
सम्पूर्ण देशभक्त नागरिक एकजुट होऔं !!

भ्रष्ट नैतिकपतन अराजनीतिक शासकका विरुद्ध,
सिंहदरबार कब्जा गरि बसेका ब्याँसाहरुको विरुद्ध,
आयातित एवं निर्देशित देश-बेचुवा सत्ताका विरुद्ध,
सम्पूर्ण राष्ट्रवादी नागरिक गोलबन्द होऔं !!

१२ बुंदे दिल्ली सम्झौताका विरुद्ध,
धर्म-निरपेक्ष गणतन्त्रका विरुद्ध,
राष्ट्रघाती एवं जनघाती सम्झौताका विरुद्ध,
सम्पूर्ण नेपाली एकजुट होऔं !!

अहिले नजागे कहिले जाग्ने ?,
अहिले नउठे कहिले उठने ?,
अहिले नबोले कहिले बोल्ने ?,
अहिले संघर्ष नगरे कहिले गर्ने ?

सम्पूर्ण बेथिति र विसंगतिको विरुद्ध,
आत्मसम्मान र स्वाभिमानका लागी,
राष्ट्रिय एकता र इतिहासको जगेर्नाका लागी,
माघ ३ गते शनिबार १२ बजे माइतीघर जाऔं !!

झुकेको शिर ठाडो पार्न,
भ्रष्ट देश-बेचुवाहरुलाई लखेट्न,
देशद्रोहीहरुलाई चार भञ्ज्याङ् कटाउन,
माघ ३ गते शनिबार १२ बजे माइतीघर मण्डला जाऔं !!

पौष २७ गते पृथ्वीनारायण शाह माथी भएको आक्रमणको बदला लिन,
नागरिक माथीको आक्रमण र दमनको प्रतिकार गर्न,
नागरिक शक्ति प्रदर्शन गर्न र निर्णायक आन्दोलनको बिगुल फुक्न,
माघ ३ गते शनिबार १२ बजे माइतीघर मण्डला जाऔं !!

डा. मनोज मुक्ति “विवेक”
(डा. मनोज कुमार झा)

२०७७ पुष २९, बुधबार १०:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय