बिहीबार माघे सङ्क्रान्ति अर्थात माघी पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात माघ १ गते मकर (माघे) सङ्क्रान्तिका नाममा वैदिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कूल परम्परामा चलेको चलनअनुसार यो पर्व मनाउँछन् ।

यस्तै थारु समुदायले वर्षभर विभिन्न कामको नेतृत्व गर्ने गाउँको अगुवालगायत विभिन्न पदको चयन लोकतान्त्रिक विधिबाट आजैदेखि गर्छन् । यो समुदायमा आज गरिएको सहमति अकाट्य हुने मान्यतासमेत छ ।

माघ १ गते स्नानको विधि भने सबै क्षेत्र एवं जातिका मानिसमा समान रुपमा रहेको पाइन्छ । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
माघीको अवसरमा थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक कमिटीद्वारा काठमाडौँको अनामनगरमा बिहीबार माघी तथा साँस्कृतिक कार्यक्रम गरियो ।

सोही कार्यक्रमसहित विभिन्न स्थानका माघीसम्बन्धी तस्बिर हेर्नुहोस्ः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!