
एजेन्सी : बलिउड अभिनेत्री कंगना रनौतमाथि चोरीको आरोप लागेको छ । पछिल्लो समय नयाँ चलचित्रको घोषणा गरेकी कंगनाले फिल्मको कथा चोरेको आरोप लागेको हो । ‘मर्णिकर्णिका रिटर्न–द लेजेन्ड अफ दिद्दा’ नामक फिल्मको घोषणा गरेकी उनीमाथि यही फिल्मको कथा चोरीको आरोप लागेको हो ।
आशिष कौलले एक अन्तर्वार्तामा कंगनाले आफ्नो कहानी चोरी गरेको बताएका हुन् । कौलले अन्तर्वार्ताका क्रममा आफूमाथि भएको शोषणको लडाइ चलिरहेको बताएका छन् ।
कौलले आफ्नो किताब ‘दिद्दाः द वारियर क्विन अफ कश्मिर’को स्टोरी चोरी भएको बताएका छन् । कंगनाले अचानक फिल्मको घोषणा गरे पनि उक्त कहानीमा आफ्नो कपिराइट रहेको उल्लेख गरेका छन् ।