
खोज्दै छ कहाँ , अस्तित्व लुकेको छ सबै ठाउँमा
फरक मात्र समूहको , कण कणमा छु विद्यमान
दिने र लिने दोषी भए पनि , छु घर देखि बाहिर सम्म
स्वाद पाएका , सानै देखि मेरो सुगन्धको
स्वार्थ, लोभ ,महंगी भन्दै , बग्दछ प्रबाह रगत जस्तो
कसैले चकलेट त कसैले खैनी ,गुटखा र चुरोट
कसैले नगद ,फर्निचर त कसैको विदेश जाने अठोट
अनेक छन रुप मेरो ,तर नाम एउटै
ज्ञानी बुझ्दछन सबै , कोइ बाच्न सक्दैन छुट्टै
कहाँ छैन म , नाम मेरो भ्रष्टाचार
गर्दैछन सबै , कतै देखिन्छु त कतै निराकार
रातो रगत जस्तै , एउटै छ रंग मेरो
पर्दाफास गर्दै अर्कालाई , धिक्कार्दै भन्छन कर्तुत तेरो
मेरो रंगमा रंगिए छन सबै , गवाही बनाए हुन्छ ऐनालाई
कहिले दिने र कहिले लिने , पद धारण गर्दै आफुलाई
नीति नियम पर्याप्त कोरिये, पाना पाना दस्ताबेजमा
नतमस्तक र अन्धो भए , पुरागर्न आफ्नै स्वार्थमा
छल्दै ,झुक्याउदै संगत गर्दै मेरो
अरुको खिल्ली र उपहास , आफ्नो राज छ गहिरो
कहाँ छैन म , नाम मेरो भ्रष्टाचार
गर्दैछन सबै , कतै देखिन्छु त कतै निराकार
नबोल्ने मुर्तिलाई छोडेको छन कहाँ
मिसिएको छु म , सम्बन्धहरु छन जहाँ
आभाष गरि हेर , समाजका हरेक पक्षमा
म नै म जताततै , फरक फरक रुपमा
सकारात्मक र नकारात्मक दुई रुप लिएर
कतै अत्याचार त कतै व्यभिचार उक्कासियेर
बच्चा ,बुढो ,महिला र पुरुष , छैनन भेदभाव मेरोलागि
लोभ लालच उत्पन्न गर्दै , निस्वार्थ भावलाई त्यागी
मेरो रोग लगाएर ,गर्दैछन लक्ष्मण रेखा पार
अपेक्षा , अभिलाषा बढाएर , बन्दै बेवस र लाचार
कहाँ छैन म , नाम मेरो भ्रष्टाचार
गर्दैछन सबै , कतै देखिन्छु त कतै निराकार ||
रचियता : ज्योति कुमारी झा (समाजशास्त्री )