
सुरेन्द्र महतो
मनोरम दृश्यमा सजिएको शहर हाम्रो बर्दिबास!
आपसी सदभाब भएकोले दृढ़ गतिमा भैइरहेको छ यहाँको बिकाश!!
यहाँको बिकाशको लागि हातमा हाथ मिलाएर सबले दिएको छन् साथ! हरेक समुदायको एकता भएकोले यहाँको जन्तामा छैन कसैको डर,त्रास!!
अन्य ठाउँको मान्छेलाई पनि गर्नुपर्छ अब यहीं को आश!
खानेपानी, स्वास्थ र शिक्षाको विशेषताले गर्दा महत्त्वपूर्ण छ बर्दिबास!!
जुनै ठाउँबाट घुमेर आएका देशी तथा विदेशी पाहुनाहरु बस्छन् यहीँ बाँस! किनकी होटेल गौत्तम, पन्चधुरा,बिनायक र पावनमिथिलाको सेवासुबिधा छ खास!!
चारैतिर बनको बिचमा टुटेश्वरनाथको शिब मन्दिरलाई सबले मान्छ पर्बत कैलाश!
धार्मिकस्थल माईस्थान मन्दिरमा पुजा गरेपछी हुँदैन कसैको बिनाश!!
भएन त केबल २टा वडा पशुपतिनगर र मनहरीपुरको बिकाश!
बर्सेनि रातुखोलामा आएको बाढिले गर्दा भैहाल्छ यहाँको जन्ताको उठिबास !!
१४अञ्चलको बिशेषता सरह १४ वटा वडा मिलेर बनेको छ यो शहर बर्दिबास!
सबै जातजाति,भाषाभाषि, धर्म संस्कृतिका मान्छेहरु मिलेर बसेकोले गर्दा राम्रो लाग्छ हाम्रो बर्दिबास!!