नेपालवाणी

जनकपुरधाम, माघ ।

धनुषाको जनकनन्दनी गाउँपालिकाका वडा नं. २ का अध्यक्ष भोगेन्द्र पाठकको मृत्यु भएको छ । दिर्घरोगी रहेका बिहिवार राति करिब ५० वर्षको उमेरमा भारतको बिहार राज्य स्थित मधुवन्नीमा निधन भएको हो ।
भारतको बिहार स्थित मधुवन्नी ससुराली गएको बेला निधनको खबर प्राप्त भएको गाउँपालिका उपाध्यक्ष भारती कार्कीले जानकारी दिईन् । नेपाली काँग्रेसका वडा सभापति समेत रहेका वडा अध्यक्ष पाठक सुगर तथा प्रेसरको दिर्घ रोगी थिए ।
वडा अध्यक्ष पाठक छोराछोरीलाई मधुवन्नीमा राखेर अध्ययन अध्यापन गराउदै भेट्न गएको बेलामा उनको निधन भएको हो । उनी स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् ।
यता जनकनन्दनी गाउँपालिकाले वडा अध्यक्ष पाठकको निधन प्रति दुःख व्यक्त गर्दै गाउँपालिकामा शोक मनाउदै सम्पुर्ण कामकाज एक दिनका लागि स्थगित गरेको जनाएको छ ।

२०७७ माघ ९, शुक्रबार ०९:५३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय