जनकपुरधाम : राष्ट्रिय हिन्दु संघ नेपाल जनकपुरधाम धनुषाले साधु सन्त समाजको सम्मान गरेको छ ।

हंसपुर नगरपालिका वार्ड नं ४ मधुकरहीमा शनिवार आयोजना गरेको कार्यक्रममा साधु सन्तहरुलाई सम्मान गरिएको हो । हिन्दु धर्मलाई अगाडी बढाउनमा मद्दत पुरयाउने साधु सन्तलाई हिन्दु धर्म मान्ने हरेक नागरिकको साथ रहेको भन्दै सम्मान गरीएको राष्टिय हिन्दु संघका महासचिव जय कुमार यादवले बताए ।

सुगा मधुकरही युवा कल्वको सहयोगमा भएको सो कार्यक्रममा हंसपुर नगरपालिकाका मेयर रामज्ञान मंडलको समेत उपस्थिती रहेको थिए । मेयर मंडलले विभिन्न साधु सन्तहरुलाई गमछा,हनुमान चालिसाको किताव,मास्क लगायतका समाग्री प्रदान गरेका थिए । कार्यक्रममा वक्ताहरुले हिन्दु धर्म प्रति आस्था राख्नेहरु आफनो धर्मको विकासका लागि खासै ध्यान नदिएकोले सनातन धर्मको रुपमा रहेको हिन्दु धर्म पछि पर्दै गएको धारणा राखेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा संघका जिल्ला अध्यक्ष मोहन साहको उपस्थिती रहेको थियो भने वार्ड नं ४,९का वार्ड अध्यक्ष र विभिन्न पार्टीका प्रतिनिधी लगायतको उपस्थिी रहेको थियो ।

२०७७ माघ १०, शनिबार २०:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय