काठमाडौं : ब्राजिलकी एक प्लेब्वाय मोडल आफ्नो पछिल्लो फोटोसुटका कारण विवादमा छिन् । ल्युआना स्याण्डियन नामकी २७ वर्षीया यी मोडलले हालै दुबइको मरुभूमिमा टपलेस फोटोशुट गरेकी थिइन् । उनले यी फोटोहरु इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । यी तस्वीरहरु भाइरल भएपछि उनलाई अनलाइन धम्की आइरहेका छन् । तर, मोडलले भने आफूले केही पनि गलत नगरेको दावी गरेकी छिन् ।

ल्युआनाले डेली स्टारसँग कुरा गर्दै भनिन् ‘यी मेरा सबैभन्दा राम्रामध्येका तस्वीर हुन् ।’ उनले कसैलाई लज्जित बनाउन नचाहेको बताएकी छिन् । उनले त्यो देशमा नग्न तस्वीर खिच्न सही नमानिने कुरा आफूलाई थाहा भएकोले आफूलाई छोप्न पूरा प्रयास गरेको उनले बताइन् । उनलाई अनलाइन धम्कीहरु आइरहेको बताउँदै उनले अनलाइनमा आउने गालीको जवाफ पनि दिइरहेको बताइन् ।

मध्यपूर्वका कैयौं अन्य देशहरुजस्तै दुबइ पनि सार्वजनिक शालीनताको विषयमा निकै संवेदनशील छ । सार्वजनिक ठाउँमा महिलाहरु लामो पहिरन नै लगाउँछन् र स्विमसुटहरु स्विमिङ पुल वा समुद्र किनारसम्म मात्र सीमित छन् । यसअघि रियालिटी टिभी शो लभ आइल्याण्ड स्टार जर्जिया स्टिलले पनि माल्दिभ्सका नागरिकको निकै आलोचनाको सामना गर्नुपरेको थियो । उनले माल्दिभ्समा टपलेस फोटो खिचेर इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् ।


२०७७ माघ १६, शुक्रबार २०:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय