कैलाली : वडा सदस्यको घरमा प्रेमिका झुण्डिएको अवस्थामा भेटिएको छ ।

गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरीको घरमा उनकी प्रेमिका २२ वर्षीया अञ्जिता चौधरी झुण्डिएको अवस्थामा भेटिएको कैलालीका एसपी अनुपम शमशेर जबराले बताएका हुन् ।

चौधरीले आत्महत्या गरेको प्रहरीले आशंका गरेको छ । यद्यपि, पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ । लामो समयदेखि प्रेम सम्बन्धमा रहे पनि चौधरीले अर्की युवतीसँग विहे गरेपछि विवाद भएको थियो । सांकेतिक दृश्य 


२०७७ माघ २५, आईतवार १८:२३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु