काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २०० रूपैयाँले घटेको छ ।

साताको पहिलो दिन आइतबार ९० हजार ६०० रूपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९० हजार ४०० रूपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य आज प्रतितोला ८९ हजार ९५० कायम भएको छ ।

चाँदीको मूल्य भने आज बढेको छ । आइतबार तोलामा १ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३१५ रूपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

२०७७ माघ २६, सोमबार ०९:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय