एजेन्सी : दक्षिण भारतीय अभिनेत्री एवं मोडल गहना वशिष्ठ पोर्न भिडियो बनाएर वेबसाइटमा राखेको आरोपमा पक्राउ परेकी छन् । पोर्न भिडियो निर्माण आरोपमा मुम्बई प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गहना वशिष्ठले ८७ वटा अश्लील, पोर्न भिडियो बनाएर त्यसलाई आफ्नो वेबसाइटमा अपलोड गरेकी छन् । जुन हेर्न उनको च्यानलको सदस्यता लिनुपर्छ । त्यसका लागि दुई हजार रुपैयाँ तिर्नुपर्छ ।

मिस एसिया बिकिनीको ताज हात पारेकी गहनाले केही विज्ञापनमा पनि अभिनय गरेकी छिन् । उनले साउथको कयौँ फिल्ममा अभिनय गरेकी छिन् ।

पछिल्लो समय गहना अल्ट बालजीको वेब सिरिज ‘गन्दी बात’मा समेत देखिएकी उनले स्टार प्लसको ‘बहने’मा पनि काम गरिसकेकी छन् ।


२०७७ माघ २७, मंगलवार ०६:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय