जनकपुरधाम : धनुषा जिल्लाको विदेह नगरपालिका -६ स्थित तिन्कोरियामा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।

शनिबार देखि सुरु भएको उक्त श्रीमद् भागवत सप्ताह पुराणमा स्थनीयहरुको उल्लेखनीय सहभागिता रहेका छन् ।

तिन्कोरिया बजारद्वारा संचालित उक्त यज्ञमा  पूजा–अर्चना, आरती, श्रीमद्भागवत पाठपरायण, सङ्गीतमय कथा प्रवचन, महात्मन भक्ति सङ्गीत, तिल अर्पण तथा जागरण हुँदै आएको छ  ।

दिउसोको १ बजे देखि सुरु भएर साँझको ६ बजे सम्म चल्ने उक्त यज्ञमा  महा स्वामी शिवानन्द  जी लगायतका कथाकारहरुले कथा सुनाउने गरेका छन्  ।

श्रीमद् भागवत महापुराण विधिवत रुपमा फाल्गुन १ गते सम्पन हुने स्थानीय अनिल साहले जानकारी दिएका छन् ।

२०७७ माघ २७, मंगलवार २१:५३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय