रौतहट : जिल्ला प्रशासन कार्यालय रौतहटले सरस्वती पुजाको नाउमा कुनै किसिमको चन्दा नलिन बिधालयहरुलाई निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारि इन्द्रदे यादवले सबै स्थानिय तहहरु , शिक्षा बिकाश तथा समन्वय इकाई रौतहट तथा सामुदायिक बिधालयहरुलाई पत्राचार गरि पुजाको नाउमा कुनै किसिमको चन्दाको लागि दवाव नदिन निर्देशन दिएको हो ।

साथै डीजे र असलिल गितहरु नबजाउन समेत निर्देशन जारि गरेको छ । मुर्ति विसर्जनकोको क्रममा बाल बालिकाको प्रयोग नगर्न तथा शान्तिपूर्वक पुजा गर्न सबैमा आग्रह गरिएको छ ।

२०७७ माघ ३०, शुक्रबार ०८:५३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय