काठमाडौं : जगतगुरु तत्वदर्शी संत रामपालजी महाराज ज्यु को अनुयायीहरु द्वारा संचालित पुर्ण ब्रह्म कबीर उपासक समाज नेपाल ले आज काठमाडौंको सितापाइला स्थित उक्त समाज को नामदीक्षा केन्द्रमा एक समारोह बिच काठमाडौं जिल्लाको टोखा न.पा – ८ बस्ने शोभाखर गिरी का ३० वर्षीय छोरा राजकुमार गिरी र जाजरकोट जिल्लाको अर्छानी न.पा. -४ बस्ने वीर बहादुर भन्डारीको २७ वर्षीया छोरी जानुका भन्डारी (हाल अमेरिका बस्दै आएकी) को बिना कुनै बाजा गाजा , बिना कुनै आडम्बर ,बिना कुनै लेनदेन (दाइजो रहित)अन्तर्जातीय विवाह केवल १७ मिनेटमा परमात्माको वाणी बजाएर सम्पन्न गराएको छ।

जगत्तगुरु तत्वदर्शी संत रामपालजी महाराज जी को अध्यात्मिक विचारधारा मा आधारित उक्त समाज द्वारा हाल सम्म नेपालमा हजारौं जोडिहरु को विवाह सम्पन्न भइसकेको जानकारी यस समाजका अध्यक्ष कुमार डंगोल ज्युले जानकारी दिनुभएको छ।

साथै उक्त समाजले पाखण्डवाद , अन्धविश्वास , छुवाछत र दाइजो जस्तो सामाजिक कुरुतीहरु को अन्त्य गरि समाजमा समाजिक सद्भाव भाइचारा स्थापना गराउने गरी मानव अधिकार को पुर्ण पालना गराउने तथा समाजलाई पुर्ण रुपले नशा तथा विकृती मुक्त गराउने यस समाजको मुख्य उद्देश्य रहेको कुरा समाजका सदस्य बालकृष्ण बराल ज्युले बताउनु भएको छ।

17 minute ma bihe2

२०७७ माघ ३०, शुक्रबार १०:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय