
राजविराज : सप्तरीको डाकनेश्वरी नगरपालिका १० मा मंगलवार साँझ घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ ।
बनौला टोलका खुशिलाल मण्डलको २ वर्षिय छोरा दिपक मण्डलको मृत्यु भएको हो । छतबाट लडेर उनी गम्भीर घाइते भएका थिए ।
घाइते बालकलाई उपचारका लागि राजविराजतर्फ ल्याउने क्रममा मृत्यु प्रहरीले जनाएको छ ।