जनकपुरधाम : पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको रक्षा गर्नबाट विमुख भएको आरोप लगाएका छन् । शुक्रबार नेपाली कांग्रेसका नेता डा. शोभाकर पराजुलीद्वारा लिखित समाजवाद र बीपी विचार संग्रह दुई पुस्तकको विमोचन गर्दै पूर्वराष्ट्रपति डा. यादवले राष्ट्रपति भण्डारी दलीय स्वार्थमा लागेको आरोप लगाएका हुन् ।

राष्ट्रपतिका पछिल्ला गतिविधिले राष्ट्रपति भण्डारीले दलीय आवद्धता नछोडेको संकेत गरेको समेत उनले आशय प्रकट गरे । ‘उहाँ त राजनीतिक दलमा हुनुहुन्न, म पनि कांग्रेसबाट राष्ट्रपति बन्दा तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला समक्ष राजीनामा दिएको थिएँ । उहाँले पनि दिनुभएको होला,’ डा. यादवले भने ।

प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेपछि राष्ट्रपतिले दलभित्रको विवादलाई लिएर उक्त कदम रोक्न सक्नुपर्ने डा. यादवको भनाइ थियो । सम्बोधनकै क्रममा डा. यादवले १४ वर्ष लोकतन्त्रका लागि जेल बसेको ‘धाक देखाउने’ प्रधानमन्त्री स्वयं लोकतन्त्रलाई संकटमा पार्न उद्दत रहेको आरोप लगाए ।

उनले लोकतन्त्रमा फेरि एक पटक ‘ग्रहण’ लागेको बताउँदै यसलाई बचाउन सबै एकजुट हुनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!