जनकपुरधाम : प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा (अहिराज) आईतबार जनकपुरधाम पुग्दा प्रदेश सरकारका मन्त्रीहरु भने वीरगञ्जमा थिए ।

उनलाई स्वागत गर्न प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु कोही विमानस्थल पुगेनन् । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले उनलाई विमानस्थलमा स्वागत गरेका थिए ।

मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरु प्रदेश प्रमुखलाई स्वागतका लागि विमानस्थल नपुगेपछि जनकपुरमा फेरी चर्चा चुलिएको छ । कतिपयले प्रदेश सरकारको यो कदमलाई आलोचना गरिरहेका छन् कतिपयले यो कदम सराहनीय रहेको बताइरहेका छन् ।

यस सम्बन्धमा प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जनकपुरधाममा कुनैपनि मन्त्री उपलब्ध नरहेका कारण प्रदेश प्रमुखलाई राज्यमन्त्री स्वागतका लागि पुगेको बताएका छन् । उनले भने,‘मुख्यमन्त्री तथा मन्त्रीहरु र स्वयं म पनि जनकपुरधाममा छुईन् त्यसैले स्वागतका लागि हामी पुग्न सकेनौं ।’

मन्त्री यादवले प्रदेश प्रमुख झाको पछिल्लो गतिविधिहरु मधेश बिरोधी तथा संघियता बिरोधी रहेको बताउँदै भविष्यमा पनि उनको गतिविधि यस्तै रहे सोही अनुरुप आफूहरुले रणनीति बनाउने बताए । नवनियुक्त प्रदेश प्रमुख झालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार स्वरुप यो पद दिएको हुनसक्ने मन्त्री यादवको धारणा छ । उनले भने,‘प्रदेश प्रमुखको पद सेरोमोनियल रहेकोले उनको कार्यशैली सकारात्मक रहे सोही अनुरुप सरकारले पनि आफ्नो कदम अगाडि बढाउनेछ ।’

मन्त्रिपरिषदबाट सिफारिस भई आएअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम निवर्तमान प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरि संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राजेश झा (अहिराज) लाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । साभारः फरकधार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!