
एजेन्सी : ताइवानी राष्ट्रिय सुरक्षा अधिकारीले चिनियाँ एप प्रयोगमा सावधानी अपनाउन अपिल गरेका छन् । चिनियाँ फेस स्व्यापिङ एपमार्फत गोप्य डाटाहरु चोरी हुने, आर्थिक ठगी हुने गरेको ताइवानी अधिकारीहरूले जनाएका छन् ।
त्यस्ता एपमार्फत चीनले डेटाहरु तथा गोप्य व्यक्तिगत फाइलहरू बनाएर आफूविरोधी पक्षलाई निशानामा पारेको ताइपेई टाइम्सले जनाएको छ ।
ताइवानी युवाहरूमाझ लोकप्रियता हासिल गर्न फेस स्व्यापिङ एपले बिभिन्न उपयाहरु र बिज्ञापन गरिरहेको समाचारमा उल्लेख छ ।
गत वर्ष नोभेम्बर २ मा एक प्रयोगकर्ताले एप्पल स्टोरमा उक्त एप प्रयोगको सुरक्षाको बारेमा टिप्पणी गरेलगत्तै चीनको झेजियांग प्रान्तमा अनधिकृत लगइन भएको फेला परेको थियो ।