जनकपुरधाम : ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनलाई अदालतले बदर गरेसँगै विभिन्न नेताहरुले प्रतिक्रिया दिन थालेका छन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सर्वोच्चको यो कदमलाई सही कदम भएको ठहर गरेका छन् ।

मंगलबार साँझ फरकधारसँग कुराकानी गर्दै मुख्यमन्त्री राउतले अदालतले संसद पुनस्र्थापना गरेर संविधानको रक्षा गरेको बताएका छन् ।

‘सर्वोच्चले आफ्नो संवैधानिक दायित्व पूरा गरेको छ,’ उनले भने, ‘अब प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा तुरुन्त राजीनामा दिनु पर्ने हुन्छ ।  साभारः फरकधार  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको सामाग्री चोर्न पाइदैन !!