
एजेन्सी : बलिउड अभिनेत्री परिणीति चोपडा आफ्नो नयाँ फिल्म ‘द गर्ल अन द ट्रेन’का कारण अहिले निकै चर्चामा छिन् । नेटफ्लिक्समा रिलिज भएको यो फिल्म अहिले निकै रुचाएका पनि छन् ।
यहीबीच परिणीतिले आफू अहिलेसम्म कुनै पनि डेटमा नगएको पनि बताएकी छिन् ।
उनले आफूले पहिलो पटक किस चाहिँ १८ वर्षको उमेरमा गरेको तर आफू कहिल्यै डेट नगएको बताएकी हुन् । उनले आफू अफेयरमा भए पनि घरमा नै भेटघाट गर्ने गरेको पनि बताएकी छिन् । आफ्नो पहिलो क्रस सैफ अली खान भएको पनि उनले बताएकी छिन् ।